पर्सामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि

पर्सामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पर्सामा ५ जना थुनुवासहित ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहिबार साँझसम्म नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमित हुनेमा वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका २५, २२, ३३, २२ र ४७ वर्षका ५ जना रहेका छन । उनीहरु मध्ये चार जना भारतीय नागरिक हुन् ।

अन्य संक्रमितमध्ये केही कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् भने केही आफैं शंका लागेर जाँच गराएको र केही पेड पीसीआर गराउनेहरु छन् । उनीहरु सबैलाई अस्पतालमा ल्याउने तयारी भइरहेको गण्डक कोभिड अस्पतालका कोअर्डिनेटर डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

यसैबीच वीरगञ्जका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक र उपचाररत विरामीमा समेत कोरोना संक्रमण पुष्टि भएपछि नेपाल चिकित्सक संघले आकस्मिक बाहेकका सेवा बन्द गर्न आव्हान गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार