पालुङ-नौबिसे सडक खण्ड अवरुद्ध

Duduwa Corona

पालुङ-नौबिसे सडक खण्ड अवरुद्ध

फाईल फोटो

टिस्टुङ। त्रिभुवन राजपथ अन्तर्गत पालुङ-नौबिसे सडक खण्ड अवरुद्ध भएको छ। सो सडकखण्डको सातघुम्तीमा माथिबाट पहिरो खस्दा बिहानदेखि राजपथ अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्काले जानकारी दिए।

सडक अवरुद्ध भएपछि सयौँ सवारीसाधन बीचमै रोकिएका छन्। पृथ्वी राजमार्गको नौबिसे-मुग्लिनखण्ड र काठमाडौं-हेटौँडा जोड्ने छोटो दूरीको भीमफेदी-फाखेलखण्डको सडक अवरुद्ध भएपछि सवारीसाधन त्रिभुवन राजपथ भएर सञ्चालनमा रहेका थिए।

अहिले सातघुम्तीको पहिरो हटाउने काम भइरहेको र  दिउँसोसम्ममा सडक पुनः सञ्चालन हुनसक्ने प्रहरीले जनाएको छ।

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार