पीडितका तर्फबाट निःशुल्क बहस गर्ने अधिवक्ता राधिकाको घोषणा

पीडितका तर्फबाट निःशुल्क बहस गर्ने अधिवक्ता राधिकाको घोषणा

काठमाडौँ । अधिवक्ता राधिका खतिवडाले पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दा पुनरावलोकन र एसिड प्रहारमा पर्ने युवतीको पक्षमा निःशुल्क बहस गर्ने सामाजिक सञ्जाल फेसबुक मार्फत घोषणा गरेकी छिन् । पूर्वडीआईजी कोइरालाको सजाय छुट दिने सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्च अदालतमा महान्यायाधीवक्ता कार्यालयकाे तर्फबाट दर्ता भएको निवेदनको पक्ष र विहिबार एसिड प्रहारबाट पिडित युवतीको पक्षमा निशुल्क बहस गर्ने घोषणा गरेकी हुन् ।

अधिवक्ता खतिवडाले नि:शुल्क बहसको घोषणा गर्दै यी दुई मुद्दाका लागि निशुल्क बहस गर्ने कम्तीमा एक सय जना अधिवक्ताको समूह बनाउने अभियान सुरु गरेकी छिन् । कम्तीमा एक जना अधिवक्ताहरुको समूह तयार पार्ने आफ्नो अभियान रहेको उनले बताइन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले जन्मकैदको सजाय पाएका कोइरालालाई सहुलियत दिएपछि यसको चौतर्फी बिरोध भएको छ ।

यसैगरी बिहीबार साँझ पौने आठ बजे नागरजुन नगरपालिका–४ सृजनशील टोलमा ओखलढुङ्गाकी पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो। अधिवक्ता खतिवडाले यी पिडितको पक्षमा निशुल्क बहस गर्ने बताएकी छिन । युवतीलाई एसिड प्रहार गर्ने २ जनालाई प्रहरीले बिहीबार राति नै पक्राउ गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार