स्यार्पूतालमा बेपत्ता अनिलको शब फेला

स्यार्पूतालमा बेपत्ता अनिलको शब फेला

फाईल फोटो

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा पर्ने स्यार्पूतालमा पौडि खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शब फेला परेको छ । साउन ७ गते दिउँसो पौडि खेल्दा तालमा डुबेर बाँफिकोट गाउँपालिका–५ का २० वर्षीय अनिल घर्तीको शनिबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

बाँफिकोटबाट खटिएको प्रहरी र स्थानिय जनप्रतिनिधिको सहयोगमा स्यार्पुतालको उत्तर दिशामा डुबेको अबस्थामा उनको शव फेला परेको र थप अनुसन्धान तथा कानूनि प्रक्रिया भैरहेको प्रहरीले जानकारी दिएको छ ।

सोहि दिन डुबेर गाउँपालिका–५ वडगाउँका २३ वर्षीय लोकबहादुर घर्तीको पौडि खेल्नेक्रममा डुबेर मृत्यु भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार