कमपोखरीमा नागपञ्चमीको विशेष पूजा

कमपोखरीमा नागपञ्चमीको विशेष पूजा

काठमाडौँ । ललितपुरकाे महालक्ष्मी नगरपालिका-४ स्थित कमलपोखरीमा नागपञ्चमीका अवसरमा कर्कट नागको स्थापना गरिएको छ । कमल पोखरी युवा समाजको पहलमा महालक्ष्मी नगरपालिका-४ स्थित इमाडोल कमलपोखरीमा आज बाट पूजापाठ सुरु भएको छ ।

नागपञ्चमीका अवसरमा कर्कट नागको बाजागाना  सहित अवतरण रहेको ऐतिहासिम नागपोखरीमा बिहान नागलाई दूध र जलले विशेष पूजा गरिएको हो ।  हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमीका रुपमा नागको विशेष परम्पराअनुसार पूजा अर्चना गरिन्छ ।  यो दिन नागको विशेष पूजा गरी घरको मुल ढोकामा नागको तस्बिर टासिन्छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

आज करिब ५ हजार भक्तजनहरुले पुजापाठ गरेका छन । यस्तै सोहि वडामा बसोबास गर्ने २५ जना जेष्ठ नागरिकहरुलाई नागपञ्चमीकाे अवसरमा आजै सम्मान गरिएको कमलपोखरी युवा समाजका समाज सेवी गोपी कार्कीले जानकारी दिएका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार