शनिबार कहाँ कति थपिए कोरोना संक्रमित ?

शनिबार कहाँ कति थपिए कोरोना संक्रमित ?

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका २७ वटा प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। अब नेपालमा कोरोना संक्रमित संख्या १८ हजार ४ सय ८३ जना छन्।

मन्त्रालयका अनुसार डोटीमा १३, सुर्खेत र सप्तरीमा ११/११ जना, पर्सामा ८, कपिलवस्तु र जाजरकोटमा ६/६ जना र दाङमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै रौतहट, नवलपुर, पाल्पा र डडेलधुरामा ४/४ जना, बारा, गुल्मी, कालीकोट, दैलेख र बैचडीमा ३र३ जना, काठमाडौं, बाँके, बर्दिया, अछाम र मुगुमा २/२ जना तथा झापा, खोटाङ, सर्लाही, चितवन, मकवानपुर, ललितपुर, अछाम, तनहुँ र हुम्लामा एकएक जना कोरोना संक्रमित थपिएका छन् ।

देशभरका क्वारेन्टिनमा १८ हजार एक सय ८३ जना छन् भने आइसोलेसनमा पाँच हजार तीय सय ८५ जना छन्। यस्तै शनिबार कोरोना निको भएर १ सय ६ जना घर फर्किए भने अहिलेसम्म कोरोना निको हुनेको संख्या १३ हजार ५३ पुगेको छ। आजै एक जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार