अझै छनोट हुन सकेन लगानी बोर्डको सीईओ

अझै छनोट हुन सकेन लगानी बोर्डको सीईओ

काठमाडौँ । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सीईओ छनोटमा ढिलाई भएको छ । बोर्डको नयाँ सीईओका लागि परेका १२ आवेदन माथीको छानविन शुरु भईनसकेको अर्थमन्त्री संयोजकत्वको सिफारिस समितिका सदस्य गोविन्द नेपालले जानकारी दिएका छन ।

बोर्डको सीईओका लागि गत असार १९ गतेसम्म म्याद दिएर आवेदन मागिएपनि त्यसपछिको प्रक्रिया शुरु हुन सकेको छैन । बोर्डको सीईओका लागि दरखास्त दिनेहरुमा सरकारी निकायका पदीय जिम्मेवारीमा रहेका अधिकारीदेखि बैंकर, पूर्व प्रशासक तथा चार्टर एकाउन्टेन सम्मका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सीईओ, सुशील ज्ञवाली, राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्ट, विद्युत नियमन आयोगका पूर्व सदस्य रामकृष्ण खतिवडा, पर्यटन बोर्डका पूर्व सीईओ दीपकराज जोशी सम्मले बोर्डको प्रमुख पदका लागि दर्खास्त दिएका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडा संयोजकत्वको ३ सदस्यीय सिफारिस समितिले ३ जनाको नाम छनोट गरि मन्त्रिपरिषदमा पेश गर्नेछ । सोही आधारमा सरकारले नयाँ नियुक्ती गर्नेछ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार