उपचार गर्दागर्दै वीरगञ्जको कोरोना अस्पतालमा एक वृद्धको मृत्यु

उपचार गर्दागर्दै वीरगञ्जको कोरोना अस्पतालमा एक वृद्धको मृत्यु

काठमाडौं । आरडिटी पोजेटिभ देखिएका वीरगञ्जमा एक वृद्धकाे  मृत्यु भएको छ ।

नारायणी अस्पताल गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा वीरगञ्ज आदर्शनगरका ६५ वर्षीय वृद्धको आइतबार बिहान मृत्यु भएको हो ।

मधुमेह र मुटुरोगी उनलाई केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएको थियो । उनलाई शनिबार नारायणी अस्पतालमा कोरोना परीक्षण गर्न लगिएको थियो । उनको पीसीआर परीक्षणको रिपोर्ट आइसकेको छैन ।

गण्डक अस्पतालमा उपचारका क्रममा राति ११ बजेतिर स्थिति गम्भिर भएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार