रुकुममा पेस्तोल पड्कँदा सशस्त्रका हवल्दार घाइते

रुकुममा पेस्तोल पड्कँदा सशस्त्रका हवल्दार घाइते

काठमाडौं ।  रुकुम पश्चिममा पेस्तोल पड्कँदा एक जना    सशस्त्र प्रहरीका हवल्दार घाइते भएका छन् ।

मुसीकोट नगरपालिका–१ मठमा रहेको  सशस्त्र प्रहरीको ४७ नम्बर गुल्ममा कार्यरत बरिस्ठ हवल्दार यामबहादुर खड्का घाइते भएका छन ।

आइतबार दिउँसो गुल्ममा नियमित हातहतियार सफाइका क्रममा पेस्तोल पड्किएपछि खड्काको बायाँ खुट्टा साप्रामा गोली लागेको छ ।

घाइते खड्कालाई जिल्ला  अस्पताल सल्लेमा प्राथमिक उपचार पछि थप उपचारका लागि नेपालगञ्ज पठाएको  सशस्त्र प्रहरीले जानकारी दिएकाे छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार