एसिड प्रहारबाट घाइते युवतीको उपचार सरकारले गर्ने : मन्त्री ढकाल

एसिड प्रहारबाट घाइते युवतीको उपचार सरकारले गर्ने : मन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले एसिड प्रहारबाट घाइते युवतीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन ।

आइतबार मन्त्री ढकाल कीर्तिपुर अस्पताल पुगी उपचाररत पीडित युवतीलाई भेटेर उनको उपचारमा सरकारले सक्दो सहयोग गर्ने बताएका छन । पीडितसित कुरा गर्दै मन्त्री ढकालले घटनामा  संलग्नलाई हदैसम्मको कारवाही हुने बताए । सो अवसरमा मन्त्री ढकालले पीडितका आफन्त तथा चिकित्सकसित उपचारबारे जानकारी लिएका थिए ।

सितापाईलामा बस्दै आएकी ओखलढुङ्गाकी २२ वर्षीया पबित्रा कार्किलाई बिहीबार साँझ भारतको विहार घर भई डल्लु बस्दै आएका फैयाज आलमले एसिड प्रहार गरेका थिए । फैयाजलाई उनीसँगै बस्दै आएका रौतहट लक्ष्मीपुर–४ का मोहम्मद आलमले युवतीमाथि एसिड छ्याप्न लगाएका थिए ।

दुवै अभियुक्तलाई प्रहरीले बिहीबार राति नै डल्लुबाट पक्राउ गरेको थियो । प्रहरी कल डिटेल र सिसी क्यामराको सहायताले उनीहरुलाई पक्राउ गरेको हाे ।

अहिले पीडित युवतीको उपचारमा संलग्न चिकित्सक डा.सुरेन्द्र बस्नेतले पवित्राकाे स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गएपनि उपचारमा केही समय लाग्ने बताए । एसिड प्रहारबाट युवतीको अनुहारको दायाँपट्टिको भाग जलेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार