उच्च अदालत जनकपुरका न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि

उच्च अदालत जनकपुरका न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । सप्तरीमा एक जना न्यायाधीश लाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार एक जना न्यायाधीश, एक जना प्रहरीसहित ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

योसहित सप्तरीमा काेराेना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ।

यसअघि उच्च सरकारी वकील कार्यालयका प्रमुखमा पनि कोरोना संक्रमणको पुष्टि भएको थियो । ४३ बर्षीय उनमा तीन दिन अगाडि संक्रमित देखिएका थिए । उनी संक्रमित देखिएपछि सरकारी वकील कार्यालयका साथै अदालतका न्यायाधीश र कर्मचारीको पनि स्वाब संकलन गरिएको थियो भने अन्यको रिपोर्ट आउन बाँकी छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार