सूचना विभागको महानिर्देशकमा किरणराज शर्मा

सूचना विभागको महानिर्देशकमा किरणराज शर्मा

काठमाडौ । सूचना तथा प्रसारण विभागको महानिर्देशकमा सह-सचिव किरणराज शर्मा नियुक्त भएका छन् । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले सोमबार शर्मालाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो ।

शर्माको केहि  समय अघि मात्रै गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट सुचना तथा सञ्चार प्रविधि मन्त्रालयमा सरुवा भएको थियो । यस अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, वन मन्त्रालय, लोकसेवा आयोग लगायतका निकायमा रहेर महत्वपुण जिम्मेवारी सम्हालिसकेका शर्मा प्रशासन क्षेत्रमा कुशल प्रशासकको रुपमा परिचित छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार