थापा सहित ५० जना नेता आज कांग्रेस प्रवेश गर्दै

थापा सहित ५० जना नेता आज कांग्रेस प्रवेश गर्दै

काठमाडौँ । केहि दिन अघि राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका पूर्वमन्त्री सुनिल थापा मंगलबार नेपाली कांग्रेस प्रवेश गर्दैछन्। राप्रपाका पूर्वमहामन्त्री थापासहित करिब ५० जना नेताहरू कांग्रेस प्रवेश गर्न लागेका हुन्।

दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा उनीहरुलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ । थापाले आफू कांग्रेस प्रवेश गर्दा महामन्त्री पद पाउनु पर्ने र केही नेतालाई केन्द्रीय सदस्य बनाउनु पर्ने माग सभापति शेरबहादुर देउवालगायत नेतासँग राखेका छन्।

यस्तै काँग्रेसले सुनिल थापालाई सहमहामन्त्री दिने भन्ने लगभग सहमति भएको छ भने राप्रपाबाट आउने केही नेताहरूलाई केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्य बनाउने पनि तयारी गरेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार