प्रहरीले बरामद गरेको सुन नक्कली परेपछि

प्रहरीले बरामद गरेको सुन नक्कली परेपछि

काठमाडौँ । मंगलबार बिहान प्रहरीले काठमाडौँको कमलादीबाट बरामद गरेको १५ किलो पहेंलो धातुमध्ये आधा किलोमात्र सुन भएको पुष्टि भएको छ। बाँकी साढे १४ किलो चाँदी रहेको प्रहरीले जनाएको छ।

कमलादीको कृष्ण पाउरोटी नजिक आकस्मिक चेकजाँचका क्रममा बा ६ च ५५१९ नम्बरको जिप नरोकेर भागेको थियो। त्यसपछि प्रहरीले पिछा गर्दा झोलामा राखेको वस्तु सडकमै फालिएको थियो।

महानगरीय प्रहरी परिसर काठमाडौंले आज दिउँसो पत्रकार सम्मेलन गर्दै सुरूमा सुनजस्तो देखिए पनि पछि परीक्षण गर्दा उक्त सामान सुनको जलप लगाएको चाँदी भएको देखिएको जनाएको छ।

‘हामीले बरामद भएको वस्तु सुन हो कि होइन भनेर सुन व्यवसायीलाई परीक्षण गराएका थियौं,’ परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले भने,‘त्यहाँ लगेर काट्दा चाँदीमा सुनको जलप लगाएको देखियो।

बरामद भएको ३५ थान मध्ये ५०० ग्राम तौलको सुन र बाँकी साढे २ सय ग्राम तौलको २६ वटा बिस्कुट, एक किलो तौलको एउटा बिस्कुट छ। साथै दुई थान चाइनिज पेस्तोल पनि भेटिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार