मंगलबार थप ३११ जनामा कोरोना पुष्टि

मंगलबार थप ३११ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा विगत २४ घण्टामा ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । यो सहित मुलुकभर कुल संक्रमित हुनेको संख्या १९ हजार ६३ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १२१ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म १३ हजार ८ सय ७५ जना कोरोनाबाट मुक्त भएका छन्। नेपालमा अहिलेसम्म ३ लाख ५२ हजार ३ सय ७ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म कोरोनाभाइरसले ४९ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा ५ हजार ३२ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ। हाल १५ हजार ३३१ जना हाल क्वारेन्टाइनमा छन्। यस्तै काठमाडौंका ४८, ललितपुरका ४ र भक्तपुरका १ जना गरि ५३ जनालाई कोरोना पुष्टि भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार