सुआहारा कार्यक्रमबाट हजार दिनका आमाहरु सम्मानित

सुआहारा कार्यक्रमबाट हजार दिनका आमाहरु सम्मानित

संगम देबकोटा असोज ८ रुकुम पश्चिम

रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नम्वर १ कैलदेउमा रहेको चेतनशिल स्वास्थ्य आमा समुहले आफनो स्वास्थ्य आमा समुहमा रहेका सुनौलो हजार दिनका आमाहरुलाई लक्षित गरि जिवनको महत्वपूर्ण अवसर कार्यक्रम मनाएको छ ।

समुहमा रहेका ३ महिना पुरा भई ४ महिनामा लागेका गर्भवती, ३ दिन देखी ५ दिनको सुत्केरी आमा र वच्चा तथा ६ महिना पुरा भएको बच्चालाई लक्षित गरि ३ वटा अवस्थामा यस्ता कार्यक्रमको आयोजना गर्दै आएको सुआहारा कार्यक्रमका फिल्ड सुपरभाइजर राधा चन्दले बताउनुभयो ।

विगत ४ बर्ष अगाडी गठन भएको उक्त स्वास्थ्य आमा समुह निष्क्रिय हुदै गइरहेको अबस्थामा रुकुमेली समाज विकास केन्द्र रुकुमद्धारा संचालित सुआहारा कार्यक्रमले स्वास्थ्य आमा समूह सुदृढीकरण अभियान सञ्चालन गरेपछि सक्रिय हुदै गएको महिला स्वास्थ्य स्वयंमसेबिका मोति रेउलेले बताउनुभयो ।

स्वास्थ्य आमा समुहको बैठकमा सुआहाराका कार्यक्रमको प्राबिधिक सहयोगमा सुनौलो हजार दिनका आमाहरुलाई लक्षित गरि स्वास्थ्य र पोषण सम्बन्धी कार्यक्रम संचालन गर्न थालेपछि समुहमा १००० दिनका आमाहरुको सहभागीता पनि बढदै गएको सो स्वास्थ्य आमा समुहका अध्यक्ष प्रमिला रावलले जानकारी दिनुभयो ।

यसै विच कार्यक्रममा रुकुमेली समाज बिकास केन्द्र अन्तरगत सुआहारा कार्यक्रमबाट पोषिलो खाना र सरसफाइका सामग्री प्रदान गरिएको हो भने समुहबाट कुखरा लगायत फलफुल, सागपात, खाद्यपदार्थ हजार दिन भित्रका मनकला बोहरा ६ महिना पुरा भएको बच्चाको आमालाई प्रदान गरिएको थियो ।

कुपोषित परेका बालबालीकाहरुलाई सुपोषित बनाउने, हजार दिनका आमाहरुलाई जाउलो प्रर्दशन, बालबालीकाहरुको नाप तौल लिने जस्ता कार्यहरु गर्दै आइरहेको सुआहारा कार्यक्रमका फिल्ड सुपरभाईजर चन्दले जानकारी दिनुभयो ।

सुनौलो हजार दिन भित्रमा पर्ने जिवनको मुख्य मुख्य अबसरहरु, गर्भावस्थाको अवधिलाई प्रथामिकता, ६ महिना देखी ५९ महिना सम्मका बालबालीकाहरुमा पोषणयुक्त खानाको कमिले हुने मध्यम शिघ्र कुपोषण झन जटिल बन्दै गएका बालबालीकाहरुलाई सरल र सहयोग गर्ने यस कार्यक्रमको उद्देश्य रहेको बताइएको छ ।

उक्त कार्यक्रमले गाउँघरमा सुधारिएको करेसाबार ,भाडा सुकाउने चाङ, भाडा माझने जुठ्याल्लो लगाएतको सरसफाइमा टेवा पुग्ने कार्य गरेको बताइएको छ । उक्त कार्यक्रममा रेडियो सानो भेरीका कार्यक्रम संयोजक देबकुमार वलि, कार्यक्रम अधिकृत कृष्ण बुढामगर सरसफाइ अधिकृत मनोज पौडेल, आमा समुह, महिला समुह,लगाएतको सहभागिता रहको थियो ।

युयसए आईडी तथा हेलेन केलेर इन्टरनेशनलको आर्थिक सहयोग र रुकुमेली समाज विकास केन्द्र रुकुमद्धारा संचालित सुआहारा कार्यक्रमको सहजिकरण फिल्ड सुपरभाइजर राधा मल्ल चन्दले गर्नु भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार