काँग्रेस रुकुम द्धारा सानीभेरीमा क्रियासिल सदस्यता वितरण

काँग्रेस रुकुम द्धारा सानीभेरीमा क्रियासिल सदस्यता वितरण

खलंगा । नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनको तयारीका लागि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको कामलाई तीव्र बनाएको छ । पार्टी विधानले तोकेको कार्यविधिबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्न शुरु गरेको काँग्रेसले जनाएको छ ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा नेपाली काग्रेसले क्रियासिल सदस्यता बितरण गरेको छ । जिल्ला कार्य समिती रुकुम पश्चिम् ले सानिभेरी गाउँपालिकाका सबै वडाहरुका नेपाली काग्रेसका प्रतिनिधिहरु बोलाइ क्रियासिल सदस्यता बितरण गरेको हो ।

उक्त कार्यक्रममा नेपाली काँग्रेसका सभापति प्रेमप्रकाश ओलि , पार्टि महासमिती सदस्य कृष्ण रोकाय , सचिब गोरख बहादुर खत्री, क्षेत्रीय सभापती सुरज जङ मल्ल लगाएतको उपस्थिति कृयाशिल सदस्यता बितरण गरिएको नेपाली काग्रेस रुकुम पश्चिमले जानकारी दिएको छ ।  कृयाशिल सदस्य नवीकरण तथा नयाँ १३७ जनालाई कृयासिल सदस्य बितरण गरेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार