नेपाल रेडक्रसको तदर्थ समिति गठन, को-को परे हेर्नुस् नामावली

नेपाल रेडक्रसको तदर्थ समिति गठन, को-को परे हेर्नुस् नामावली

काठमाडौँ । सरकारले सञ्जीव थापा नेतृत्वको नेपाल रेडक्रस सोसाइटीको कार्यसमिति भंग गरेको छ। मन्त्रिपरिषद बैठकले थापा नेतृत्वको कार्यसमिति भंग गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ।

आर्थिक अनियमिततामा मुछिनुका साथै समयमा अधिवेशन गर्न नसकेको भन्दै थापा नेतृत्वको कार्यसमिति भंग गरि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोरङका डा.नेत्रप्रसाद तिमिल्सिनाको अध्यक्ष्तामा तदर्थ समिति गठन  गरेको छ।

उपाध्यक्षमा काठमाडौँका डा.विश्वकेशर मास्के र अर्का उपाध्यक्षमा काठमाडौँका शर्मिला कार्की रहेका छन । यस्तै महामन्त्रीमा मुल्मीका पिताम्बर अर्याल छन भने कोषाध्यक्षमा धादिङका सिताराम कोइराला रहेका छन । सरकारले अध्यक्ष सहित ३४ जनाको तदर्थ समिति गठन गरेको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार