ठगी अरोपमा पक्राउ परेका साहुकार श्याम परदेशी पूर्पक्षका लागि थुनामा

ठगी अरोपमा पक्राउ परेका साहुकार श्याम परदेशी पूर्पक्षका लागि थुनामा

ऋण दिएर गाउँलेलाई उठिबास गराउने साहुकार श्यामकृष्ण साह (श्याम परदेशी)लाई सर्लाही जिल्ला अदालतले शुक्रबार ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । न्यायाधीश कृष्णराम कोइरालाको इजलासले परदेशीलाई थुनामा राख्ने आदेश दिएको हो ।

ठगी अभियोगमा पक्राउ परेका परदेशीको बयान र थनुछेक बहसपछि अदालतले कारागार चलान गर्ने आदेश दिएको हो । उनीविरुद्ध विपन्नलाई एक पटक ऋण दिएर पटक–पटक ऋण दिएको कागज गराउँदै ठगेको आरोप छ । परदेशीले ऋणको ब्याज बुझाउन जाँदा उल्टै अर्को पटक ऋण दिएको नक्कली कागज बनाएर ठगेको भन्दै पीडितले प्रहरीमा उजुरी गरेका थिए ।

एउटै मान्छेको नाममा ऋण दिइएको कानुनी कागज गर्न नमिल्ने भएकाले परदेशीले आफ्ना परिवारका सदस्यका नाममा समेत कागज गराउँदै आएका थिए । उनीविरुद्ध एक दर्जनभन्दा बढीको उजुरी परेको थियो । जिल्ला अदालतका नायव सुब्बा दिनेश मिश्रले परदेशीलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएको पुष्टि गरे ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार