गण्डकीमा ३८ जनामा कोरोना संक्रमण

गण्डकीमा ३८ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा बिहिबार थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार कास्कीमा १४, स्याङ्जामा ११, बागलुङमा ६ तनहुँमा ३, लम्जुङमा ३ र नवलपरासी पूर्वमा १ जना नयाँ संक्रमित फेला परेका हुन् ।

यस्तै पोखरा महानगरपालिकामा १४ जना नयाँ संक्रमित फेला परेका छन् । संक्रमितहरु १५ देखि ४० वर्ष उमेर समूहका छन् । स्याङ्जाको गल्याङमा ८ जना तथा बिरुवा, पुतलीबजार र भिरकोटमा एक–एक जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी बागलुङको काठेखोला र बडिगाडमा २–२ जना तथा बागलुङ र जैमिनीमा १–१ जनामा संक्रमण पुष्टि भएको छ । तनहुँको व्यास नगरपालिकामा २ जना र ऋषिङमा १ जना, पूर्वी नवलपरासीको बौदीकालीमा १ जना र लम्जुङको बेंसिशहरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित सबै व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ७९ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार