अब विद्यालयमा क्वरेण्टीन र आइसोलेसन बनाउन नपाइने

अब विद्यालयमा क्वरेण्टीन र आइसोलेसन बनाउन नपाइने

फाईल फोटो

काठमाडौँ । अब देखि विद्यालयमा क्वरेण्टीन बनाउन नपाइने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले विद्यालय भवन र परिसरमा क्वरेण्टीन र आइसोलेसन बनाउन नपाउने निर्णय गरेको हो ।

यसअघि क्वरेण्टीन र आइसोलेन बनाएका विद्यालयलाई सम्बन्धित पालिकाले पूर्णरुपमा निर्मलीकरण गर्नै पर्ने पनि निर्णय भएको अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो ।

भदौ १ गतेदेखि विद्यार्थी भर्ना गरेर कक्षागत रुपमा विवरण यकिन गर्ने, पाठ्यपुस्तक वितरण गर्ने र शिक्षकहरु विद्यालय पुगिसक्नु पर्ने पनि सरकारले निर्णय गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार