कांग्रेस र फोरमको एकताले पूर्णता पायो, ११ केन्द्रीय सदस्य थप हुने

कांग्रेस र फोरमको एकताले पूर्णता पायो, ११ केन्द्रीय सदस्य थप हुने

काठमाडौँ – नेपाली कांग्रेस र तत्कालीन फोरम लोकतान्त्रिकबीचको पार्टी एकताले पूर्णता पाएको छ। शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले दुई पार्टीबीच भएको पूर्व सहमतिअनुसार पार्टी एकतालाई टुंग्याएको हो।

दुई वर्षपछि पूर्णता पाएको एकता प्रक्रियाले तत्कालीन फोरमका तर्फबाट ११ जना केन्द्रीय सदस्य, दुई सय जना महासमिति र ६०० जना महाधिवेशन प्रतिनिधि थप गर्ने निर्णय गरेको छ।

पार्टी एकतालाई टुंग्याउन उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित पाँच सदस्यीय समायोजन समिति गठन गरेको थियो।

समितिले तयार पारेको प्रतिवेदनलाई शुक्रबारको केन्द्रीय कार्यसमितिले अनुमोदन गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। पूर्व सहमतिअनुसार फोमरका अध्यक्ष विजयकुमार गच्छादार यसअघि नै उपसभापति भइसकेका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार