कालीकोटमा पहिरो परि २ जनाको मृत्यु

कालीकोटमा पहिरो परि २ जनाको मृत्यु

काठमाडौँ । कालीकोटकाे सान्नी त्रिवेणी गाउँपालिका-६ को बोटगाउँमा गएको पहिरोमा परेर थप दुई जनाको मृत्यु भएको छ । पर्शुराम सज्याल र तारा सज्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटाले जनाएको छ ।

खानेपानीको पाइप जोड्न खोलामा गएको समयमा पर्शुरामको र भैंसीखर्क जाने क्रममा ताराको ज्यान गएको प्रहरीको भनाइ छ । योसँगै कालीकोटमा गएको सोमबारदेखि बिहीबारसम्म पहिरोमा परेर १६ जनाको मृत्यु भैसकेको छ भने ६ जना घाइते भएका छन् ।

पहिरोमा बेपत्ता भएका चार जनाको खोजी भइरहेको छ । पहिरोले २० वटा घर पूर्णरुपमा भत्किएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार