वीरगन्ज महानगरका मेयरलाई काेराेना संक्रमण

वीरगन्ज महानगरका मेयरलाई काेराेना संक्रमण

काठमाडौँ । वीरगन्ज महानगरपालिकाका मेयर विजय सरवागीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार साँझ उनले आफनो सामाजिक सञ्‍जालमा स्टाटस लेख्दै आफूलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् ।

उनले महानगरवासीलाई सम्बोधन गर्दै आफू उपचार पछि निको भएर पुन समाजसेवामा फर्कने बताएका छन्। तपाईंहरुको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वयं कोरोनाको संक्रमणको चपेटामा परेको छु। म अहिले उपचारार्थ छु, मेरो स्वास्थ्य अवस्था सामान्य छ। मैले छिट्टै नै कोरोनालाई जित्ने छु,ु उनले भनेका छन्, ुकोरोना संक्रमणको लडाई जितेर पुन तपाईको सेवामा आउने प्रतिवद्धता जाहेर गर्दछु।

 मेयर विजय सरवागीको स्टाटस 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार