नेपालीलाई कुवेत प्रवेशमा रोक

नेपालीलाई कुवेत प्रवेशमा रोक

काठमाडौँ – कुवेतले नेपालसहित विभिन्न ७ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ। कुवेत सरकारले अगष्ट १ देखि अन्तराष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ। तर, नेपालसहित ७ देशका नागरिकलाई भने प्रवेशमा रोक लगाएको हो।

कुवेतले प्रवेश रोक लगाएका सात मध्ये दक्षिण एसियाका पाँच देश रहेका छन्। दक्षिण एसियाका नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका गरी पाँचसहित इरान र फिलिपिन्सका नागरिकलाई कुवेतले प्रवेश रोक लगाएको हो।

कुवेतमा हजारौँ नेपाली कामदार छन्। कुवेतमा करिब साढे तीन महिनासम्म बन्द रहेका अन्तर्राष्ट्रिय हवाई सेवा एक अगष्टदेखि फेरि सुरु हुँदैछ । लकडाउनका कारण कुवेतमा समस्यामा परेका कतिपय नेपालीहरुलाई नेपाल सरकारले उद्धार गरेर ल्याएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार