चितवनमा बसको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

चितवनमा बसको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

काठमाडौँ । चितवनमा बसको ठक्करबाट एक जना प्रहरीको मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका-५ भण्डारामा बा ३ ख १५४७ नंको बसको ठक्करबाट प्रहरी हवल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जानेक्रममा सवार प्रदेश ३-०३-००१प६३२५ नंको स्कुटरलाई बसले विहीबार साँझ ठक्कर दिएको थियोे ।

गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार