सानीभेरी नदीमा पौडी खेल्ने क्रममा एकजना बालक बेपत्ता

सानीभेरी नदीमा पौडी खेल्ने क्रममा एकजना बालक बेपत्ता

सांकेतिक तस्बिर

खलंगा । रुकुम पश्चिमको सानीभेरी नदीमा पौडी खेल्न गएका एक बालक बेपत्ता भएका छन् । जिल्लाको सानीभेरी गाउँपालिका–९ राङजाका १२ वर्षीय जनार्दन खड्का शुक्रबार दिउँसो पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् ।

गाउँपालिकाको ९ नम्बर वडाकै सुलीहाले भन्ने ठाउँमा पौडी खेल्ने क्रममा उनी बगेका थिए । अरु साथीहरुसँगै सानीभेरीको सानो भंगालोमा पौडी खेलिरहेका उनी बगेको प्रहरीले जनाएको छ । बेपत्ता खड्काको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार