घुससहित तुलसीपुर उप-महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

Corona-Ad-Raptisonari

घुससहित तुलसीपुर उप-महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

काठमाडौँ । तुलसीपुर उप-महानगरपालिका दाङको प्रमुख प्रशासकीय अधिकृत (सह-सचिब) कृष्णकान्त उपाध्याय घुससहित पक्राउ परेका छन् । शुक्रबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं आउँदै गर्दा नागढुंगामा पक्राउ गरेको हो ।

उनीसँग १ लाख ४० हजार नगद र आठ लाख बैंकमा जम्मा गरेको भौचर बरामद भएको अख्तियार स्रोतले जनाएको छ । त्यो रकम भुक्तानीबापत ठेकेदारसँग घुस लिएको अख्तियारको दाबी छ । घुस लिएर काठमाडौं आउँदै गरेको सूचनाका आधारमा आयोगको टोलीले नियन्त्रणमा लिई खानतलासी गरेको हो ।

Dunduwa Ad
Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार