दुई वटा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

दुई वटा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

काठमाडौँ । सर्लाहीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१७ मा प्रदेश नम्बर २–०३–००३ प ६६८९ नम्बरको मोटरसाइकल र ज। १ म- २३३ नम्बरको मोटरसाइकल शनिबार राति आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा प्रदेश २–०३–००३ प ६६८९ नम्बरको मोटरसाइकल चालक लालबन्दी–५ बस्ने ५० वर्षीय व्रह्मदेव चौधरी र ज- १ म- २३३ नम्बरको मोटरसाइकल चालक रौतहटको ईशनाथ नगरपालिका- ७ बस्ने ५५ वर्षीय नन्द किशोर साहको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए । दुर्घटनामा घाइते भएका दुवैलाई उपचारका लागि अस्पताल लग्दै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै दुर्घटनामा ज- १ म- २३३ नम्बरको मोटरसाइकलको पछाडि सवार श्याम साह घाइते भएका छन् । टाउकोमा चोट लागेका उनको धनुषाको महेन्द्रनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार