काठमाडौँ- पछिल्लो समय सामाजिक सञ्जाल तथा युट्युवमा भाइरल बनेका ‘अघोरी बाबा’सँग केही महिना अघि मात्र विवाह गरेकी शारदा पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ।
पान्डेविरुद्ध ठगीको उजुरी आएपछि उनलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत बौद्धले जनाएको छ। पान्डेसँग विवाह गरेपछि विजय केसी भनिने अघोरी बाबाको चर्चा थप चुलिएको थियो।
महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीले अनुसन्धान जारी रहेको जानकारी दिए।


 
					
							 
			 
                             
                             
                             
                             
                            