निकुञ्जका प्रमुख संरक्षण स्रोत नखुलेको ८ लाख ९८ हजार रकम सहित पक्राउ

निकुञ्जका प्रमुख संरक्षण स्रोत नखुलेको ८ लाख ९८ हजार रकम सहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकाय स्रोत नखुलेको रकम ८ लाख ९८ हजार रुपैयाँसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले स्रोत नखुलेको रकम साथमा लिई कार्यालयको बा‍.२ झ. १८७३ नं. को गाडीमा यात्रा गरिरहेको अवस्थामा रुपन्देहीको सैनामैना नगरपालिका-१० बाट पक्राउ गरेको हो। अख्तियारको टोलीले प्राप्त गरेको सूचनाको आधारमा आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले ३ लाख ४८ हजार नगद र विभिन्न मितिको बैंक भौचर ५ लाख ५० हजारसहित पक्राउ गरेको हो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार