सुशील भट्ट लगानी बोर्डको सीईओमा नियुक्त

सुशील भट्ट लगानी बोर्डको सीईओमा नियुक्त

काठमाण्डौ । मन्त्रिपरिषद् बैठकले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील भट्टलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सीईओमा भट्टलाई सीईओमा नियुक्त गरेको हो ।

भट्ट यसअघि भट्ट राष्ट्रिय योजना आयोगका सदस्य थिए। । बोर्डको सीईओका लागि १२ जनाले आवेदन गरेका थिए। लगानी बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त भएपछि बोर्डको नेतृत्व खाली भएको थियो।

अर्थमन्त्री डा. युवराज खतिवडा संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्प कँडेल र अर्थशास्त्री प्रा.डा. गोविन्द नेपाल सदस्य रहेको छनौट समितिले उनीहरूमध्ये तीन जनाको नाम छनौट गरी नियुक्तिका लागि मन्त्रिपरिषदमा सिफारिस गरेको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार