रुकुमका पहिलो वकिल, पिएचडी देखि बरिष्ठ अधिबक्ता सम्म, डिग्री मात्रै चार वटा विषयमा

रुकुमका पहिलो वकिल, पिएचडी देखि बरिष्ठ अधिबक्ता सम्म, डिग्री मात्रै चार वटा विषयमा

डाक्टर नवराज गौतम । कर्णाली प्रदेश अन्तरगत रुकुम पश्चिमको सदरमुकाम मै उहाँको अहिले बसोबास छ । आजकै दिन अथार्त साउन २० गते उहाँ ६५ बर्ष पुरा भएर ६६ औ बर्षमा प्रबेश गर्दै हुनुहुन्छ । सर्वप्रथम उहाँलाई जन्मदिनको शुभकामना दिन चाहन्छु ।  गौतमले रुकुममा कानुन, राजनीति , शिक्षा र सामाजिक क्षेत्रमा लामो संर्घष गर्नुभएको व्यक्तिको रुपमा परिचित हुनुहुन्छ ।  उहाँले ४ वटा बिषयमा मास्टर डीग्री अर्थात स्नातकोत्तर गर्नु भएको छ ।
रुकुम जस्तो भौगोलिक र बिकासले बिकट मानिएको ठाउँमा जन्मनुभएका गौतमले आफ्नो नाममा धेरै ईतिहास कायम पनि गर्नुएकाे छ । २०१२ सालमा तत्कालीन रुकुम जिल्लाको खलंगा गाबिस वडा नम्बर ३ सेरिगाउँमा जन्मिनुभएका गौतम शिक्षक, पार्टिको नेता , नागरिक अगुवा, अधिबक्ता हुँदै बरिष्ठ अधिबक्ताको भुमिका सम्ममा हुनुहुन्छ ।
२०२८ सालमा द्वितीय श्रेणिमा एसएलसी उत्तीर्ण गर्नुभएका डा. गौतमको पाँच दशक लामो संघर्षमा सजिला र अफ्टेरा पलहरु सयौ आए, जुन यसरी हेर्न सकिन्छ । बि.स . २०१२ सालमा रुकुममा जन्मिनुभएका गौतमको शुरुवाती पढाई २०१६ साल बाट शुरु भयो । गाउँकै यमुनानन्द प्राथामिक पाठशालामा कक्षा १ देखि ५ सम्म उहाँले २०२३ सालसम्म अध्ययन गर्नुभयो । शुरुमा बिध्यालयको भवन नहुँदा स्थानिय माइला पुजारिको घरको दलिनमा बसेर पढेको अनुभव डा. गौतमले सुनाउनु हुन्छ । माध्यमिक तहको पढाइ भने उहाँले खलंगामा रहेको त्रिभुवन पब्लिक माध्यामिक बिध्यालय बाट गर्नुभयो । सोही बिध्यालय बाट २०२८ सालमा द्वितीय श्रेणिमा एसएलसीमा पनि सफलता प्राप्त गर्नुभयो ।
बरिष्ठ अधिबक्ता गौतमले २०३४ सालमा नेपाली र राजनीति शास्त्रमा डिप्लोमा तह, २०३८ मा बिएल, सोही बर्ष राजनितिशास्त्रमा स्नातकोत्तर ,त्यसपछी नेपाली बिषय भाषा र साहित्यमा पनि स्नातकोत्तर ,शिक्षामा स्नातकोत्तर र कानुनमा समेत स्नातकोत्तर (एलएलएम) को शिक्षा हासिल गर्नुभएको हाे । उहाँ रुकुमको पहिलो डिग्री प्राप्त गर्ने बिध्यार्थी पनि हो । उहाँले बिध्याबारिधी पिएचडी भने २०६३ सालमा राजनितिशास्त्र बिधाको बिकेन्द्रीकरण बिषयमा त्रिभुवन विश्वबिध्यालय बाट गर्नुभयो । तत्कालीन राष्ट्रिपति डा.रामवरण यादब र तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल बाट बिध्याबारिधिको बिभुसण बाट बिभुषित हुँदाको क्षणलाइ उहाँले जिवनमा सदा स्मरणीय पलको रुपमा लिनुहुन्छ । २०३३ सालमा रुकुममा पहिलोपटक अभिकर्ताको लाइसेन्स प्राप्त गरि २०३६ सालमा अभिवक्ता हुँदै २०४३ सालमा उहाँले अधिबक्ताको लाइसेन्स प्राप्त गर्नुभयो । कानुन ब्यबसाय गरेको करिब चार दशक पछि सर्वोच्च अदालत बाट उहाँलाइ २०७४ सालमा बरिष्ठ अधिबक्ताको उपाधी पाउनु भयाे। कानुन पेशामा उहाँका थप केही रेकर्ड छ्न ।
उहाँ २०४८ सालमा नेपाल बार एसोसिएसन रुकुमको सस्थापक अध्यक्ष हुनुभयो ।
लगातार १८ बर्षसम्म उहाँ नै त्यहा अध्यक्ष हुनुभयो । त्यसैगरी बरिष्ठ अधिबक्ता डा.नवराज गौतम डेमोक्रेटिक्स लयर्स एसोसिएसन (डिएलए) रुकुमको सस्थापक अध्यक्ष सहित लगातार २५ बर्ससम्म अध्यक्ष हुनुभयो । २०४८ देखि २०७५ सम्म उहाँले (डिएलए) रुकुमको अध्यक्ष पद सम्हाल्नुभयो। त्यसैगरी रुकुम जिल्ला अदालतको उहाँ पहिलो बैतनिक कानून ब्यबसायी पनि हुनुभयो । शुरुमा २०४८ सालमा बैतनिक कानून व्यवसायी  हुनुभएका गौतम लगातार १० पटकसम्म सो पदमा रहनुभयो । शुरुमा १ हजार तलब बाट शुरु भयको उहाँको बैतनिक कानून व्यवसायीकाे यात्रा अन्तिम समयमा भने १८ हजार थियो ।
त्यसैगरी उहाँको नाम रुकुमको पहिलो नोटरी पब्लिकको परिचयमा पनि आउँछ । मेलमिलाप कर्ता र बाल न्यायका लागि उहाँ समाजसेवीको रुपमा पनि रुकुम अदालतमा रहनुभयो । आन्तरिक द्वन्द्वमा अत्यन्तै चपेटामा परेको र माओबादि युद्दको उदगम थलो रहेको रुकुम जिल्लामा बिगतमा डा. गौतम राजनीतिमा पनि उत्तिकै सक्रीय रहनुभयो । उहाँ नेपाली काङ्ग्रेसको साधारण सदस्य देखि कार्यवाहक सभापति सम्मको जिम्मेवारीमा रहनुभयो । २०४६ सालमा काङ्ग्रेसको साधारण सदस्य बन्नुभएका गौतम २०४८ सालमा क्रीयाशिल सदस्य बन्नुभयो । त्यस पछि रुकुममा काङ्ग्रेसको जिल्ला सदस्य,कोसाध्यक्ष, सचिव, उप-सभापति हुँदै कार्यबाहक सभापति सम्म बन्नुभयो । उहाँ २ पटक कार्यबाहक सभापति बन्नु भएको थियो भने २०४८ साल देखि २०६० साल सम्म नेपाली काङ्ग्रेसको केन्द्रिय महाधिवेशन प्रतिनिधि पनि हुनुभयो । त्यसै गरि १२ औ महाधिवेशनमा पनि उहाँ केन्द्रिय महाधिवेशन प्रतिनिधि हुनुहुन्थ्यो । हाल रुकुम काङ्ग्रेसको उहाँ बरिष्ठ सल्लाहकार हुनुहुन्छ । सामाजिक ,धार्मिक, शैक्षिक क्षेत्रमा पनि उहाँको उत्तिकै योगदान छ । बरिष्ठ अधिबक्ता गौतम कक्षा १० मै अध्ययन गर्दा बिध्यार्थी समितिको महामन्त्री बन्नुभएको थियो । त्यसैगरी २०४४ सालमा उहाँ युबक सङ्गठन रुकुमको सभापति बन्नुभयो ।
शालिन स्वभाबका गौतम २०२९ सालमा जनकल्याण माबि भलाक्चामा शिक्षक हुँदै पछि निमित्त प्रधानध्यापक पनि हुनुभयो । उहाँ २०३४ सालमा यमुनानन्द नमुना निमाबिको प्रधानध्यापक समेत हुनुभयो । जो उहाँले अक्षर आरम्भ गरेको विद्यालय पनि हो ।  उहाँले करिब १२ बर्स सम्म मुसिकोट स्थित मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा उप-प्रध्यापकको रुपमा पनि अध्यापन गराउनु भयो । धार्मिक क्षेत्रमा समेत गौतमको नेतृत्व र योगदान सम्मान योग्य छ । उहाँ रास्ट्रीय धार्मिक सभा नेपालको केन्द्रिय सदस्य हुनुहुन्छ भने ब्राहमण समाज नेपाल रुकुमको पहिलो अध्यक्ष पनि हुनुहुन्छ । केन्द्रिय ज्योतिस परिषदको सदस्य समेत हुनुभएका गौतले रास्ट्रीय बिकास सेवामा पनि ३ महिना काम गर्नुभयो । रुकुममा संचालित रुकुम धार्मिक महोत्सवमा निर्देशकको रुपमा भुमिका निर्वाह गर्नु भएका डा‍‍.गौतमले उक्त महोत्सवमा २ रोपनी जग्गा समेत सामाजिक कार्यका लागि दान दिनुभएको थियो । त्यसै गरि उहाँले सयौ मुद्दाहरुमा नि:शुल्क परामर्श तथा बहस गर्नुभएको छ । 
साथै अन्य सामाजिक कार्यमा पनि बिगतमा उहाँको बिशेष योगदान रहयो । बरिष्ठ अधिबक्ता गौतमका दुई छोराहरु बिनोद गौतम र रामचन्द्र गौतम पनि अधिबक्ता नै हुनुहुन्छ । त्यसैगरी एक छोरी रमा गौतम पनि अधिबक्ता नै हुनुहुन्छ । देशको राजनीतिक समस्या र भौगोलिक समस्याले प्रभावित जिल्ला रुकुममा जन्मिएर त्यही हुर्किएर यति धेरै क्षेत्रमा सङ्घर्स गरि सफलता प्राप्त गर्नुभएका बरिष्ठ अधिबक्ता डा‍.गौतम सुगम ठाउँ र दुर्गम ठाउँमा अध्ययन गरिरहेका बिध्यार्थी ए‌वम सेवा गरिरहेका आम ब्यक्तिहरुका लागि प्रेरणादायक पात्र हुनुहुन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार