देशभर २ सय ६७ जना प्रहरीमा कोरोना पुष्टि

देशभर २ सय ६७ जना प्रहरीमा कोरोना पुष्टि

काठमाडौँ । कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा रहेर खटिईरहेका मध्यको एक नेपाल प्रहरीमा अहिलेसम्म देशभर २ सय ६७ जनामा संक्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म सबैभन्दा बढी १ सय ५० जना प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा प्रहरी कार्यालय सहयोगी देखि प्रहरी उपरिक्षक एसपी दर्जासम्मका छन् । १ जना एसपी, ६ जना प्रहरी निरीक्षक, १२ जना प्रहरी नायब निरीक्षक, १७ जना सहायक निरीक्षक, ६९ जना प्रहरी हवल्दार र ४ कार्यालय सहयोगीमा संक्रमण देखिएको छ । संक्रमितमध्ये ८ जना महिला र २ सय ५९ जना पुरुष प्रहरी छन् ।

प्रहरी प्रधान कार्यालय वा उसको सोझै मातहतमा रहेर काम गर्ने ७३ जना र काठमाडौँ उपत्यकामा कार्यरत १४ जनामा कोरोना संक्रमण देखिएको छ । बाँकी काठमाडौं बाहिरका हुन् । हालसम्म १ सय ५ जना डिस्चार्ज भएको र १ सय ६२ जना उपचाररत रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

डिस्चार्ज हुनेमध्ये २ जना महिला र एक सय ३ जना पुरुष प्रहरी छन् । हाल आईसोलेसनमा ६ महिलासहित १ सय ६७ प्रहरी छन् । यसैगरी, ३ महिलासहित १ सय ३२ जना आइसोलेसनबाट फिर्ता भएका छन् । क्वारेन्टिनमा ४ सय ५६ जना प्रहरी छन् । भने ६ सय ३० जना क्वारेन्टिन बसेर फर्किएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार