कर्णालीका तीन जिल्लामा कोरोना संक्रमित शून्य

कर्णालीका तीन जिल्लामा कोरोना संक्रमित शून्य

काठमाडौँ । पछिल्लो पटक कर्णाली प्रदेशका तीन जिल्लामा कोरोना संक्रमित पुष्टि भएकाहरुको संख्या शून्य भएको छ । प्रदेशको हुम्ला, डोल्पा र जुम्लामा कोरोना संक्रमितको संख्या शून्य भएको हो ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखाका अनुसार हुम्ला ५ जना, डोल्पा ४ जना र जुम्ला ४० जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु सबै निको भएर घर फर्किएका छन । मंगलबार सम्म यी जिल्लामा संक्रमितको शून्य रहेको छ ।

हाल कर्णाली प्रदेशका ७ जिल्लामा मात्र कोरोना संक्रमित रहेका छन् । सुर्खेतमा ३५ जना, दैलेखमा १ सय २४ जना, जाजरकोटमा १२ जना, सल्यानमा ९ जना, कालीकोटमा १२ जना, रुकुम पश्चिममा २ जना र मुगुमा १ जना गरेर १ सय ९५ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेको महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जनाकारी दिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार