मंगलबार २५९ जनामा कोरोना संक्रमण पुष्टि

Corona-Ad-Raptisonari

मंगलबार २५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । मंगलबार नेपालमा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २१ हजार ९ जना पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन ।

यस्तै हाल १० हजार ४ सय ५२ जना क्वारेन्टाइनमा छन्। मंगलबार ७ हजार ६ सय ८७ जनामा कोरोनाको पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टायता ६५ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म १५ हजार २६ जना निको भएर घर फर्किएका छन्।

हालसम्म नेपालमा ५८ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

Dunduwa Ad
Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार