भेला बैठक नगर्न चितवन प्रशासनको निर्देशन

भेला बैठक नगर्न चितवन प्रशासनको निर्देशन

काठमाडौँ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा विद्यालय सञ्चालन, कुनै पनि भेला र बैठक नगर्न भनेको छ । जिल्लामा कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएका कारण समूहमा गरिने कुनै पनि कार्यक्रम नगर्न प्रशासनले एक सूचना जारी गरी निर्देशन गरेको हो ।

जिल्लामा राजनीतिक दलहरुले कार्यकर्ता भेला, केही सहकारीले साधारणसभा, विद्यालयले अभिभावक भेला र अन्य संघसंस्थाले बैठक तथा भेला गरेको सूचना आएपछि प्रशासन कार्यालयले यस्ता कार्यक्रम नगर्न भनेको हो । जिल्ला भित्रका केही शैक्षिक संस्थाहरुले शैक्षिक गतिविधि सञ्चालन गर्न थालेको देखिन आएकोले शैक्षिक गतिविधि एवम् पठनपाठन तत्काल अघि नबढाउन विद्यालयलाई प्रशासनले निर्देशन दिएको हो ।

निर्देशनको अवज्ञा गरी त्यस्ता कार्य गरेको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । चितवनका सातवटै स्थानीय तह, जिल्ला सहकारी संघ, शिक्षा विकास तथा समन्वय एकाइ र विभिन्न संघसंस्थालाई प्रशासनले सूचनामार्फत ध्यानाकर्षण गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार