रुकुमको त्रिबेणीमा ७० वर्षीय वृद्ध मृत भेटिए

रुकुमको त्रिबेणीमा ७० वर्षीय वृद्ध मृत भेटिए

मुसिकोट । रुकुम पश्चिमको त्रिबेणी गाउँपालिकामा एक जना वृद्ध मृत फेला परेका छन् । साउन १७ गते बिहान घरबाट त्रिबेणी गाउँपालिकाको कार्यालय जान्छु भनि हिडेका त्रिबेणी गाउँपालिका वडा नम्बर ४ का ७० बर्षका तप्त बहादुर खड्का मृत अवस्थामा भेटिएका हुन ।

मंगलबार बिहान ९ बजे त्रिबेणी गाउँपालिकाको वडा नम्बर ३ स्थित चिउरेगण्डमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । प्रहरी टोली घट्नास्थलमा पुगेर मुचुल्लका सहितको कार्य गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा पठाइएको प्रहरीले जनाएको छ । घट्नाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार