रसुवागढी नाका जोड्ने सडक एक हप्ताभित्र सञ्चालनमा आउने

रसुवागढी नाका जोड्ने सडक एक हप्ताभित्र सञ्चालनमा आउने

काठमाडौँ । रसुवागढी नाका जोड्ने सडक अबको एक हप्ताभित्र एकतर्फी सञ्चालनमा आउने भएको छ । धुञ्चे–स्याफ्रुबेसी सडकखण्डको भार्खु डाँडामा कटान भएको सडक मर्मतको काम चलिरहेकाले अबको एकहप्ताभित्र सञ्चालनमा आउने सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ ।

भार्खुडाँडामा ५० मिटर सडक कटान भएर १ मिटरमात्रै बाँकी छ । अहिले यहाँ पर्खाल बनाउने काम चलिरहेको छ । पर्खाल बनाएपछि भने दुइतर्फी रुपमा नै सञ्चालनमा आउने छ । यो सडकखण्ड साउन १८ गतेदेखि बन्द छ । रसुवाका अरु सडकखण्ड भने सञ्चालनमा छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार