एसिडबारे अध्ययन गरी सुझाव दिन समिति गठन

एसिडबारे अध्ययन गरी सुझाव दिन समिति गठन

काठमाडौँ । महान्यायाधीवक्ताको कार्यालयले एसिड तथा सोही प्रकारका अरु रसायनिक पदार्थको आयात, उत्पादन, बिक्री वितरण तथा ओसापसारलाई अनुगमन तथा नियमन गर्नका लागि आवश्यक कानूनी तथा संस्थागत संरचनाबारे अध्ययन गरी सुझाव दिन एक समिति गठन गरेको छ ।

एसिडसहितका रसायनको निर्यात, संचय, नष्ट गर्ने तथा त्यसको नियमनका लागि गर्नु पर्ने सम्पूर्ण प्रयासबारे अध्ययन गरेर एक महिनाभित्र सुझावसहितको प्रतिवेदन बुझाउनका लागि महान्यायाधीवक्ताको कार्यालयका नायब महान्यायाधीवक्ता विश्वराज कोइरालाको संयोजकत्वमा नौ सदस्य समिति गठन गरेको हो।

गएको आइतबारको बैठकले गठन गरेको समितिमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हुमबहादुर केसी, गृह मन्त्रालयका सहसचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा अन्तर्गतका निकायका तीन प्रतिनिधि सदस्य छन्।

यस्तै समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा। विकास देवकोटा, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका रोशनी कार्की र उपन्यायाधीवक्ता ज्ञानप्रसाद भुसाल पनि सदस्य छन्।

एसीड आक्रमणका घटना बढेपछि नियन्त्रण तथा नियमनका लागि प्रयास थालिएको र सोही क्रममा समिति गठन गरिएको महान्यायाधीवक्ताको कार्यालयले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार