काठमाडौँ उपत्यकामा आजबाट जोर–बिजोर लागु

काठमाडौँ उपत्यकामा आजबाट जोर–बिजोर लागु

काठमाडौं । आजबाट काठमाडौं उपत्यकासहितका जिल्लाहरुमा सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर लागु भएको छ । पछिल्लो समय कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि सरकारले फेरि जोरबिजोरको आधारमा सवारी साधन सन्चालन गर्ने निर्णय गरेको हो ।

आज बिहिबार जोर नम्बर प्लेट भएका सवारी साधनमात्र चल्न पाउने छन् । सवारी साधनको नम्बर प्लेट र गतेको अन्तिमको अंकको आधारमा जोर–बिजोर छुट्याइन्छ । गृहमन्त्रालयका अनुसार काठमाडौं उपत्यका र दुई सय जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरुमा जोर–बिजोर लागु गरिएको छ ।

यस्तै गृह मन्त्रालयले अत्यावश्यक ढुवानीबाहेकका गाडीहरुलाई बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यकामा प्रवेश निषेध गरेको छ । कोरोना संक्रमण न्यूनीकरण गर्न यसअघि पनि जोरबिजोर प्रणाली लागू गरिएकोमा साउनबाट हटाइएको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार