एसईई नतिजा सार्वजनिक हुन केही दिन लाग्ने

एसईई नतिजा सार्वजनिक हुन केही दिन लाग्ने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन प्राविधिक कारणले केही दिन ढिलो हुने भएको छ । कोरोना भाइरस र बाढीपहिरोका काराण नतिजा प्रकाशन गर्दा विद्यार्थी चहलपहल बढ्न सक्ने आकलनसमेत गरिएको जनाइएको छ ।

‘प्राविधिक कारणले नतिजा प्रकाशन केही दिन लम्बिएको छ,’ हतार गर्नुपर्ने परिस्थिति नरहेको उल्लेख गर्दै बोर्डका अध्यक्ष प्रा.चन्द्रमणि पौडेलले भने, ‘सर्टिफिकेटमा कुनै त्रुटि नहोस् भनेर त्यसलाई दोहोर्‍याएर हेर्ने काम भइरहेको छ ।

लकडाउनले गर्दा त्रुटि सच्याउन तत्काल काठमाडौं आउन सक्दैनन् । अहिलेसम्म विद्यालयसमेत खुल्ने वातावरण बनिसकेको छैन । त्यसैले नतिजा केही दिन ढिलो प्रकाशन गर्दा कुनै फरक पर्दैन ।’

यसपटक आन्तरिक मूल्यांकनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्ने गरिने तयारी भएको छ । बोर्डले यसअघि साउन १५ भित्रै नतिजा प्रकाशित गर्ने जनाएको थियो । विद्यार्थीले प्राप्त गरेका अंकहरू सिस्टममा चढाउने काम भइसकेको छ ।

विद्यार्थीले प्राप्त अंकलाई ग्रेडमा बदलेर रिजल्ट तयार भइसकेको र प्राविधिक त्रुटि  पुनः परीक्षण भइरहेको जनाइएको छ । यसपटक ४ लाख ८२ हजार परीक्षार्थीले एसईई दिएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार