शुक्रबारदेखि कपिलवस्तुमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

शुक्रबारदेखि कपिलवस्तुमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ । कोरोना भाइरस संक्रमणको उच्च जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले भोलि शुक्रबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।  जिल्ला प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै शुक्रबार बिहान ५ बजेदेखि लागू हुने गरी साउन ३२ गते राति १२ बजेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने जानकारी दिएको हो ।

प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलका अनुसार यसअवधिमा अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्थाबाट प्रदान गरिने सेवाहरु पूर्णरुपमा बन्द गरिने छ ।

यस्तै ढुवानीका साधन बाहेक जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायातका सवारी साधानहरु पूर्णरुपमा बन्द गरिने छ भने निजी सवारी साधन मोटरसाइकल, स्कुटरहरु जोररबिजोर प्रणाली अनुसार सञ्चालन हुने छन् ।

‘जिल्लामा स्थानीय लगायत सराकरी कार्यालय, बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीहरुमा समेत कोरोना संक्रमण देखिएकाले साउन २३ गतेबाट ३२ गतेसम्म १० दिन अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको हो,’ प्रजिअ पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार