काठमाडौंमा उपचाररत दुई काेराेना संक्रमितको मृत्यु

काठमाडौंमा उपचाररत दुई काेराेना संक्रमितको मृत्यु

काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालमा उपचाररत रुपन्देही सुनौलीकी ४१ वर्षीय महिला र सर्लाहीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो।

मृतक महिला १९ गते अस्पतालमा भर्ना भएकी थिइन्। आइसीयूमा उपचाररत अवस्थामा आज बिहान उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुर स्रोतले जानकारी दिएको छ।

मृतक सर्लाहीका पुरुष पनि साउन १९ गते नै अस्पतालमा भर्ना भएका थिए। उनको आज बिहान ८ः४० बजे आइसीयूमै मृत्यु भएको जनस्वास्थ्य कार्यालय स्रोतले जानकारी दिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार