भिमादका कृषकलाई परिचय-पत्र

भिमादका कृषकलाई परिचय-पत्र

तनहुँ । कृषकलाई कृषि पेशामा प्रोत्साहन गर्न तनहुँको भिमाद नगरपालिकाले परिचय-पत्र प्रदान गर्ने भएको छ । व्यावसायिक कृषकको पहिचान गरी कृषिलाई व्यावसायिक गर्न नगरपालिकाले कृषकलाई परिचयपत्र प्रदान गर्न लागेको हो ।

नगरपालिकाले चालू आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रममा कृषकलाई परिचयपत्र वितरण गर्ने उल्लेख गरेको छ । व्यावसायिक रुपमा कृषि पेशा अङ्गालेका कृषकलाई पहिचानका लागि परिचयपत्र वितरण गर्न लागिएको नगरप्रमुख मेखबहादुर थापाले जानकारी दिए । त्यसका लागि नगरपालिकाले नौवटा वडामा रहेका कृषकको तथ्याङ्क सङ्कलन गर्नेछ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार