विशेष अदालतले एक साता पेसी स्थगित गर्‍यो

विशेष अदालतले एक साता पेसी स्थगित गर्‍यो

काठमाडौं । विशेष अदालतले एक साताका लागि पेसी स्थगित गरेको छ। कोरोना संक्रमण बढिरहेको र मुद्दाको सुनुवाइका लागी सबैले पिसिआर रिपोर्ट ल्याउन नस्कने भन्द‌ै अदालते एक साता मुद्दाको पेसी नचढाउने निर्णय गरेको विशेषका प्रवक्ता पुष्प पाण्डेले बताए।

विशेषमा भ्रष्टाचार र सम्पति शुद्धीकरणका मुद्दा सुनुवाई गर्ने गरिन्छ। पेसी स्थगित गरिएपनि म्याद थप, बयान र अन्य काम भने जारी रहने पाण्डेले बताए।

यसअघि विशेषले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई पिसिआरसहित उपस्थित गराइदिन पत्र लेखेको थियो। सरकारी निकायवाट पिसिआर रिपोट आउने तर कानुन व्यवसायी र पक्षका मानिसमा समस्या हुने देखिएपछि विशेषले पेसी एक साताका लागि स्थगित गरेको हो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार