भदौ १ बाट लामो दूरीका यातायात र हवाई उडान नखोल्न सिफारिस

भदौ १ बाट लामो दूरीका यातायात र हवाई उडान नखोल्न सिफारिस

काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बसेकाे बैठकमा अन्तर जिल्ला यातायात तथा बाह्य तथा अन्तरिक हवाई उडान खुलाउने मिति १५ दिन पछि सार्न प्रस्ताव गरिएको छ। सीसीएमसी को आइतबार बसेको बैठकले १५ दिनका लागि स्थगित गर्ने प्रस्ताव गरेको हो ।

५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो ।

तर कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले भदौ १ गतेबाट खुला गर्ने भनिएको सबै क्षेत्र भदौ १५ सम्म नखोल्ने प्रस्ताव तयार पारेको छ । बैठकले बैंक, संघ संस्थामा ५० प्रतिशत मात्र कर्मचारी काममा बोलाउन र ५० प्रतिशतलाई घरमा राखेर ७ वा १५ दिन आलोपालो गर्न प्रस्ताव गरेको छ ।

यसबारे औपचारिक निर्णय भने भोलि सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले गर्ने एक मन्त्रीले जानकारी दिए । बैठकले स्थानीय तहको समन्वयमा थप आइसोलेसन र क्वारेन्टिन स्थलहरु व्यवस्था गर्ने निर्णय गरेको छ ।

अधिकांश जिल्लामा संक्रमितको संख्या बढ्दै गएकाले आइसोलेसनको अभाव देखिएकाले स्थानीय तह र जिल्ला संकट व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलेसन र क्वारेन्टिनको थप व्यवस्था गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार