मध्यपहाडी लोकमार्गको बाग्लुङ घोडाबाँधे-हटिया खण्डमा जोखिम

मध्यपहाडी लोकमार्गको बाग्लुङ घोडाबाँधे-हटिया खण्डमा जोखिम

फाईल फोटो

बाग्लुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बाग्लुङ घोडाबाँधे–हटिया सडक मर्मत नहुँदा जोखिम बढेको छ । घोडाबाँधे–हटिया २० किलोमिटर खण्डमा कालोपत्रे भएको चार वर्ष पुग्यो ।

तर नियमित मर्मत तथा सुधार नहुँदा नाली र पर्खाल जीर्ण बनेको छ । सडकमा पनि कालोपत्रे उप्केको छ । नयाँ–पुराना पहिरा र खाल्डाखुल्डीले जोखिम बढाएको छ ।

गलकोट नगरपालिका-१ र २ का चार ठाउँमा सडक भासिएको छ । राष्ट्रिय गौरवको आयोजना भएकाले पालिकाले पनि मर्मत र रेखदेखमा ध्यान नदिएको चालकहरुले बताउँदै आएका छन् । साँघुरिएको सडकमा बल्लतल्ल गाडी चल्ने जीप चालक राजेन्द्र विकको गुनासो छ ।

यसपाली लगातार पानी परेर जमिन गलेपछि सडक भासिएको वडा नम्बर २ का अध्यक्ष हेमन्त भण्डारीले बताउनुभयो । सडक भासिएको ठाउँमा थप क्षति हुनबाट रोक्नबाहेक तत्काल अरु केही गर्न नसकिने लोकमार्ग आयोजनाले जनाएको छ ।

आयोजनाका इञ्जिनीयर उज्जवल शर्माले आउँदो हिउँदमा काम अगाडि बढ्ने बताउनुभएको छ । कमजोर भू–बनोट, पानीको उचित निकास नहुनु जस्ता कारणले यस्ता सडक भासिने, पहिरो जानेजस्ता समस्या निम्तिने गरेको उहाँको भनाइ छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार