सोमबार थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । सोमबार नेपालमा ३ सय ३८ जनामा कोरोनाका संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ३ सय ३८ जना संक्रमित थपिएका हुन्।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा विभिन्न अस्पतालबाट १ सय ४० जना संक्रमित कोरोनाबाट मुक्त भएर घर फर्किएका छन्।

यीसहित हालसम्म १६ हजार ४ सय ९३ जना कोरोनाबाट निको भएका छन्। विगत २४ घण्टामा ८ हजार ४ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ४ लाख ५२ हजार बढीको पिसिआर परीक्षण भएको छ।
त्यस्तै ७६ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ३८ रहेको मन्त्रालयले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार