काठमाडौँको किस्ट अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

काठमाडौँको किस्ट अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । ललितपुरको किस्ट अस्पतालमा उपचाररत ५० वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । काँभ्रे पाँचखाल घर भएका एक पुरुष निमोनियाको उपचार गराउन आइतबार दिउँसो १ बजे अस्पताल पुगेका थिए ।
अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकका अनुसार निमोनियाको उपचार गराउन आउँदा शंका लागेर उनको कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको थियो । आईसीयूमा उपचाररत हुँदा सोमबार उनको मृत्यु भएको पाठकले जानकारी दिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार